सुदूरपश्चिममा डेङ्गु र स्क्रब टाइफसबाट संक्रमीतको संख्या एक सय २६ पुग्यो

खवर संवाददाता 
  
२०७६ भदौ ३१, ०१:१९

सुदूरपश्चिममा डेङ्गु र स्क्रब टाईफसबाट संक्रमीत हुनेको संख्या इक सय २६ पुगेको छ। प्रदेशको बाजुरा बाहेकका आठ जिल्लामा सोमबार सम्म एक सय २६ जनामा डेङ्गु र स्क्रब टाईफसको संक्रमण देखिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले सोमबार सम्म डेङ्गुबाट ४८ र स्क्रब टाईफसबाट ७८ जना प्रभावित भएको जानकारी दिए।

उनका अनुसार डेङ्गुबाट सबैभन्दा बढि कैलालीमा २० र स्क्रब टाईफसबाट डडेल्धुरामा ३५ जना संक्रमीत भएका छन्। यस्तै डेङगुबाट दार्चुला  र कञ्चनपुरमा नौँ÷नौँ जना, डोटी र अछाममा दुई÷दुईजना तथा बैतडी र बझाङ एक–एक जना संक्रमीत भएका छन्।

यस्तै स्क्रब टाईफसबाट कैलालीमा २२ जना, अछाममा ११ जना, बझाङ र दार्चुलामा दुई–दुई जना तथा डोटी र कञ्चनपुरमा तीन–तीन जना गरी ७८ जना संक्रमतीत भएको मन्त्रालयका सूचना अधिकारी खड्काले जानकारी दिए। सुदूरपश्चिममा डेङ्गु र स्क्रब टाईफसका विरामीको संख्या बृद्धि हुँदै गएपनि नियन्त्रणमा प्रदेश सरकारले चासो नदिएको आरोप लागेको छ तर प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता झंकर विष्टले संक्रमण निगयन्त्रणका लागि स्वास्थ्य संस्थालाई निर्देशन दिईएको बताएका छन्। 

https://dineshkhabar.com/article/14169